वन अतिक्रमण गरेर बनाइएका टहरामा डाेजर
फागुन ३, २०८१ शनिबार
काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सात जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका–४, ८ र तिलोत्तमा नगरपालिका–१५ मा लागूऔषध कारोबार हुँदै गरेको सूचनाका आधारमा २० किलो चरेस र २१ किलो गाँजासहित कारोबारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिनुभयो ।
प्रहरीले धादिङका दीपक तामाङ, सुनबहादुर तामाङ, नक्कलबहादुर तामाङ, प्रेमलाल तामाङलाई पक्राउ गरेको छ । त्यस्तै रुपन्देहीको आदर्शनगर बस्ने जीवन मल्लाह, तिलोत्तमा बस्ने दीलिप केवट र स्याङ्जाकाे गल्याङ्गका जीवनाथ पाण्डेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।