सामान्य शल्यक्रियाका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हट्दै, विदेश जाने बिरामी पनि घटे

 फागुन ३, २०८१ शनिबार १५:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

डा. स्पन्दनदर्शन अधिकारी

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेजका डा. स्पन्दनदर्शन अधिकारीले नेपालमा शल्य चिकित्सा सेवा बिस्तारै देशभर फैलिरहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. अधिकारीले पहिले काठमाण्डाैमा मात्र सीमित रहेको शल्य चिकित्सा सेवा अहिले गाउँगाउँसम्म पुगेको बताउनुभएको हो । अहिले करारका भए पनि चिकित्सकहरू गाउँगाउँमा पुग्न थालेका छन् । यसले गर्दा बिरामीहरूले लामो यात्रा गर्नुपर्ने, बसाइँको व्यवस्था मिलाउनुपर्ने र अतिरिक्त खर्च बेहोर्नुपर्ने बाध्यता हट्दै गएको छ ।

पहिले शल्य चिकित्सासम्बन्धीका सामान्य बिरामी पनि काठमाण्डाै आउनुपर्ने बाध्यता रहेकोमा अब त्यो अन्त्य हुँदै गएको डा. अधिकारी बताउनुहुन्छ । उहाँले डडेलधुरामा दूरबिन प्रविधिको माध्यमबाट पित्तथैली र एपेन्डिक्सको शल्यक्रिया भएको र बाग्लुङबाट दुई वर्षदेखि हर्नियाका बिरामीको रेफर हुन छोडेको उदाहरण दिँदै यस्ता सफलताले स्थानीयस्तरमै गुणस्तरीय शल्य चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरेको बताउनुभयो ।

काठमाण्डौमा न्युरो सर्जरीका लागि रोबोट प्रविधिसमेत प्रयोगमा आइसकेको जानकारी दिँदै डा. अधिकारीले नेपालमा अत्याधुनिक प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो । बिरामीहरूले विदेशमा जस्तै गुणस्तरीय सेवा स्वदेशमै पाउन थालेका छन् । यसबाट शल्यक्रियाकै लागि विदेश जाने क्रम घट्दै गएको छ । तर सरकारले शल्य चिकित्सा क्षेत्रमा थप लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया