वन अतिक्रमण गरेर बनाइएका टहरामा डाेजर
फागुन ३, २०८१ शनिबार
प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको छ ।
रिहा भएका बन्धकहरूमा अलेक्जेन्डर ट्रुभनोभ, याएर होर्न र सागी डेकल–खेन रहेका छन् । उनीहरू सबै इजरायली नागरिक हुन् । यसको बदलामा इजरायलले विभिन्न जेलमा रहेका तीन सय ६० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई रेडक्रसकाे जिम्मा लगाएकाे छ ।
रेडक्रसका कर्मचारीहरूले हमासका सदस्यहरूसँग बन्धकको रिहाइसँग सम्बन्धित कागजातहरूमा हस्ताक्षर गरेपछि बन्धकहरूलाई कारमा राखेर रिहाइ विन्दुमा ल्याइएको थियो । रिहाइअघि तीनै जनालाई हमासले खान युनिसको मञ्चमा खडा गराएको थियो । त्यसपछि बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो ।
गएको जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौं पटकको बन्धक रिहा हो ।
यसअघि गएको सोमवार इजरायलले युद्धविरामका शर्त उल्लङ्घन गरेको भन्दै हमासले बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो । त्यसपछि इजरायलले हमासलाई जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरू गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने चेतावनी दिएपछि उसले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।