वन अतिक्रमण गरेर बनाइएका टहरामा डाेजर
फागुन ३, २०८१ शनिबार
झापा – झापाको वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीमा रहेको प्रगति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका १८ वटा अस्थायी टहरा हटाएको छ ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ठाउँमा तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएकाहरूले बितेको १८ वर्षदेखि अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज अतिक्रमण हटाएर वन क्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।
तीन पटक सार्वजनिक सूचना र पटक–पटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वन क्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताउनुभयो । अतिक्रमित ठाउँका सालका रुख सुकेर उजाड बनेका छन् भने बजार क्षेत्रका बासिन्दाले सीमा मिचेर पक्की संरचना बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।