युक्रेनको विषयमा अमेरिकासँग वार्ता गर्न रुस तयार

 फागुन २, २०८१ शुक्रबार १२:५१:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनको विषयमा अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनका विषयमा अमेरिकासँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक आयोजना गर्न आवश्यक पनि रहेको उहाँँको भनाइ छ । उहाँले युक्रेनका विषयमा अहिलेसम्म कुनै ठोस वार्ता नभएको पनि स्पष्ट पार्नुभएको बीबीसीले जनाएको छ ।

वार्ताका क्रममा उठाउनुपर्ने एजेण्डाहरु धेरै रहेको रुसको भनाइ छ । तर युद्धविराम अन्त्यका लागि अहिले नै रुस तयार भएको भन्न नमिल्ने भन्दै राष्ट्रपति पुटिनले केही समय धैर्य गर्न आवश्यक रहेको बताउनुभएको छ । अमेरिकाले रुस र युक्रेनबीच भलिरहेको द्वन्द्व समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेलिरहेको छ ।

युद्ध विराम सम्झौताको सम्भावनाबारे हिजो पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्प र युक्रेनका राष्ट्रिपति भोलोडिमिर जेलेन्स्कीबीच पनि फोन वार्ता भएको थियो । 

अन्तिम अपडेट: फागुन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया