प्रणय दिवसको अवसरमा पाल्पाको रानीमहलमा भीड

 फागुन २, २०८१ शुक्रबार १५:१२:२८ | रासस
unn.prixa.net

पाल्पा – आज फेब्रुअरीको १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपालमा पनि मनाईंदैछ । विशेष गरी युवायुवतीले प्रणय दिवस मनाउने गर्छन् । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ, चकलेट र विभिन्न उपहार दिने चलन छ ।

रोमका एक शासकले सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । भ्यालेन्टाइन डे आउनु एक हप्ता अघिदेखि नै सप्ताहव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।

विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा भीडभाड लाग्ने गर्छ । तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा बनाएको रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । काली गण्डकीको किनारमा रहेको रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा पर्छ ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया