त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खला : पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्याे

 फागुन ३, २०८१ शनिबार ७:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो ।

जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए ।

पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा अलआउट भएको थियो । उसका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रन बनाए । सलमान अघाले ४५ रन जोडे ।

न्युजिल्याण्डका विल ओरोर्केले चार विकेट लिए । ब्रेसवेल र मिचेल स्यान्टनरले समान दुई/दुई विकेट लिए । च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीका लागि न्युजिल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तानले यो शृङ्खला खेलेका हुन् ।
 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया