लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा आमचुनाव शुरू भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा आज नवौं निर्वाचन दिवस मनाइँदैछ ।
देशमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि २०१५ साल फागुन ७ गते आमचुनाव भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले पालिकादेखि राष्ट्रपतिसम्मको चुनाव गराउँदै आएको छ ।
आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र पालिकाको आवधिक चुनाव, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव, राष्ट्रियसभा सदस्यको विभिन्न चुनाव र उपचुनाव सम्पन्न गरिसकेको छ ।
यसवर्ष ‘निर्वाचनको प्रभावकारिता :आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले कान्तिपथमा रहेको आयोग परिसरमा मूल समारोह आयोजना गर्दैछ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आयोगले चुनावमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न पालिकासँगको सहकार्यमा मतदाताको घर आँगनसम्म चुनाव तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।