दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते

 फागुन ७, २०८१ बुधबार ८:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रीबस दाङको बबई गाउँपालिका–२ ट्वाङखोलामा गएराति ९ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा ६० जना भन्दा धेरै यात्रु रहेका प्रहरीको अनुमान छ । बस अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया