युरोपेली च्याम्पियन्स लिग फुटबल : बार्यन म्युनिख अन्तिम १६ मा, मिलान बाहिरीयो

 फागुन ७, २०८१ बुधबार ९:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख अन्तिम १६ मा पुगेको छ । गएराति सेल्टिकसँग १–१ गोलको बराबरी खेलेको बार्यन म्युनिख समग्रमा ३–२ गोलको अग्रता बनाउँदै अन्तिम १६ मा पुगेको हो ।

यस्तै फिएनोर्ड पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । हिजो एसी मिलानसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा २–१ ले अघि रहेको फिएनोर्ड अन्तिम १६ मा पुगेको हो ।

यस्तै हिजोको खेलमा क्लब ब्रुगले एट्लान्टालाई ३–१ ले हराउँदा समग्रमा ५–२ गोलले एट्लान्टा प्रतियोगिताबाट बाहिरिएको छ ।

हिजोको अर्को खेलमा बेन्फिका र मोनाकोले ३–३ गोलको बराबरी खेले पनि समग्रमा बेन्फिकाले मोनाकोलाई ४–३ गोलले हराएको छ  । 
 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया