भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत, आणविक सम्झौता पाइपलाइनमा

 फागुन २, २०८१ शुक्रबार १८:३४:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको छ । भारत र अमेरिकाबीचको व्यापार असन्तुलन कम गर्न भारत थप अमेरिकी तेल तथा ग्यास खरिद गर्न सहमत भएको वाशिङटनमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ । परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा समेत भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आणविक ऊर्जा कार्यक्रमलाई अगाडि बढाउन मद्दत गर्न अमेरिका र फ्रान्सबाट महत्त्वपूर्ण समर्थन प्राप्त गर्दै भ्रमण सक्नुभएको छ ।

भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता भएको छ । यद्यपि यो प्रविधि अझै ‘प्रारम्भिक चरणमा’ रहेको छ । अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र एफ–३५ लडाकु जेट समेत दिने जनाएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै मोदीले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट एलन मस्कसँग कुरा गरेको समेत बताउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया