वित्त आयोगको मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका

 फागुन २, २०८१ शुक्रबार १७:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट पालिकाका रूपमा यसवर्ष डडेल्धुराको अमरगढी नगरपालिका भएको छ । विभिन्न १७ वटा सूचक राखेर एक सय पूर्णाङ्कमा सात सय ५३ पालिकामध्ये अमरगढीले सबैभन्दा धेरै ८१ दशमलव ७ अङ्क प्राप्त गरेको हो ।

यस्तै नगरपालिकातर्फ र समग्रमा पनि अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले उच्च अङ्क हासिल गरेको छ । सुर्योदयले ८० दशमलव २ अङ्क ल्याएको हो ।

वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले समान अङ्क ७८ दशमलव २ प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् । स्याङजाकै आधिँखोला गाउँपालिकाले ७८ अङ्क प्राप्त गरेको छ ।

आयोगले हरेक वर्ष पालिकाको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्दै आएको छ । समयमै बजेट सभामा पेश गरे/नगरेको, पारित गरे/नगरेको, बजेट कार्यान्वयन समिक्षा सार्वजनिक गरे/नगरेकोलगायतका सूचक रहेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नतिजामा चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन समेत अनुरोध गरेको छ ।

तपाईंकाे पालिकाकाे अवस्था के ? सूची हेर्नुहाेस् 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया