युरोपेली च्याम्पियन्स लिग फुटबल : बार्यन म्युनिख अन्तिम १६ मा, ...
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ – आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।
मौसमविद् गोविन्द झाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज पनि तराईका केही ठाउँमा हुस्सु/कुहिरो रहेको छ ।
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । आज काठमाण्डौको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।
यसपाली छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । हिउँदे वर्षा र हिमपात नहुँदा हिउँदे कृषि उपजसहित वातावरणमा गम्भीर प्रभाव पर्ने देखिएको छ ।
नार्कको राष्ट्रिय कृषि वातावरण तथा अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत सरदरभन्दा कम वर्षा र तापक्रम बढी रहेको भन्दै सबै किसिमका बाली, फलफूल र तरकारीको अनुगमन गरी सिँचाइको व्यवस्थापन गर्न तथा चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउन अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।