नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख

 फागुन २, २०८१ शुक्रबार १५:५३:० | रासस
unn.prixa.net

तस्बिर : रासस

कास्की – नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पंछी समाजका अध्यक्ष एवम् चराविज्ञ मनशान्त घिमिरे, हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा कृष्णवक्ष चाँचर चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो ।

समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताउनुभयो । २०७८ फागुन २५ गते चराविज्ञहरु सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलेख गरेको जानकारी दिनुुभयो ।

चाँचर चरा भारतदेखि पूर्व बङ्गलादेश, भूटान, म्यान्मार, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ । यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रमा विचरण गर्ने गर्छ । यो चरालाई अङ्ग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ ।

कोशी प्रदेशको मोरङ र सुनसरीमा अवस्थित समुन्द्री सतहबाट एक सयदेखि एक हजार तीन सय मिटरसम्म झन्डै ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको चराविज्ञ घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया