पोखरा गोल्डकपको उपाधिका लागि आज पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स खेल्दै

 फागुन ३, २०८१ शनिबार ६:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सहारा क्लब पोखरा नेपाल

काठमाण्डौ – पोखरा गोल्डकपको २४ औं संस्करणकाे उपाधिका लागि आज नेपाल पुलिस क्लब र पहिलो पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् ।

खेल पोखरा रङ्गशालामा दिउँसो दुई बजे शुरू हुनेछ । पुलिसले यसअघि ६ पटक उपाधि जितेको छ । यसपाली उपाधि जितेमा उसले सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने छ । सातौं पटक उपाधि जित्नका लागि आफ्नो टोली मानसिक रूपमा तयार रहेको प्रशिक्षक चेतन घिमिरेले बताएका छन् ।

यस्तै पहिलो पटक नै फाइनलमा पुगेको ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलअजिज निशानबाएभले टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

पुलिसले सेमिफाइनलमा ‘ए’ डिभिजन विजेता चर्च ब्वाइजलाई १–० ले हराएर फाइनलमा पुगेको हो । त्यस्तै सीधै क्वाटरफाइनल खेलेको बुल्सले सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा पाँच पटकको विजेता थ्री स्टारलाई ४–० ले हराएको थियो ।

यो प्रतियोगितामा १२ टोली सहभागी थिए । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया