काठमाण्डौका विभिन्न ठाउँमा आज ४ देखि ७ घण्टासम्म बिजुली नआउने
फागुन ३, २०८१ शनिबार
काठमाण्डौ – श्रीलङ्काले अस्ट्रेलियासँगको एकदिवशीय शृङ्खला जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली श्रीलङ्काले अस्ट्रेलियालाई एक सय ७४ रनले हराएको हो । दुई खेलको एक दिवशीय शृङ्खलाको पहिलो खेलमा पनि श्रीलङ्काले अष्ट्रेलियालाई ४९ रनले हराएको थियो ।
श्रीलङ्काले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २४ ओभर दुई बलमा एक सय सात रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सबैभन्दा धेरै २९ रन बनाए । यस्तै जोश इंग्लिसले २२ र ट्राभिस हेड १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । श्रीलङ्काका डुनिथ वेलालेजले चार विकेट लिए । यस्तै असिता फर्नान्डो र वानिन्दु हसरङ्गशाले समान तीन विकेट लिए ।
त्यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले चार विकेट गुमाएर दुई सय ८४ बनायो । श्रीलङ्काका लागि कुशल मेन्डिसले एक सय एक रनको शतकीय पारी खेले । निशान मदुष्काले ५१ रन बनाए । यस्तै कप्तान चरिथ असलङ्काले अविजित ७८ र जानिथ लियानागेले अविजित ३२ रन बनाए । अष्ट्रेलियाका लागि बेन द्वारशुइस, आरोन हार्डी, शन एबट र एडम जाम्पाले समान एक विकेट लिए ।
श्रीलङ्का भ्रमणमा रहेको अष्ट्रेलियाले दुई वटा टेष्टको शृङ्खला जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।