दक्षिण कोरियाको बुसानमा निर्माणाधीन होटलमा आगलागी हुँदा ६ जनाको ज्यान गयो

 फागुन २, २०८१ शुक्रबार १५:१९:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा आगलागी भएको छ । आगलागीमा परी छ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । ‘बनयान ट्रि होटल’ मा बिहान आगलागी भएको हो । आगो झन्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको थियो ।

आगलागी हुँदा झन्डै एक सय जना कामदार होटेलमा रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरु भएको हुन सक्ने कामदारले बताएका अग्नि नियन्त्रण विभागले जनाएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले खोजी र उद्धार कार्य तथा थप क्षति हुन नदिन सुरक्षाको हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया