जापानले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने : बढ्दो मूल्यलाई रोक्ने प्रयास

 फागुन ३, २०८१ शनिबार ९:५३:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापान सरकारले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने भएको छ । देशभित्र चामलको बढ्दो मूल्यलाई रोक्न र बजारमा हस्तक्षेप गर्न तत्कालै निकासा गर्न लागेको हो ।

आपतकालीन अवस्थाबाहेक जापानले पहिलो पटक आफ्नो चामलको रिजर्भ स्टक प्रयोग गर्न लागेको हो । विशेषगरी आपतकालीन प्रयोगका लागि चामल सुरक्षित राख्ने गरिएको छ ।

विगतमा भूकम्प तथा अन्य आपतकालीन अवस्थामा चामल भण्डारको प्रयोग गर्ने गरिएको थियो । जापानमा केही वर्षयता अत्याधिक गर्मी मौसमले समस्या पारेको र अहिले चामलको माग अत्याधिक भएपछि मूल्य बढेको अवस्था छ ।

अत्याधिक गर्मीको लहरले विश्वका धेरै भागलाई समस्यामा पारेका बेला जापानले सन् २०२४ मा रेकर्ड गरिएको सबैभन्दा तातो वर्षको सामना गर्दै निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ ।

जापानका कृषिमन्त्री टाकु इटोले सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल निकासा गर्न लागेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया