यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – प्रतिकूल मौसमका कारण हिमाली चार जिल्लामा एचपीभी खोप अभियान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एचपीभी खोप अभियान स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले मन्त्रालयले थालेको अभियानलाई प्रभावित जिल्लामा मौसममा सुधार आउनासाथ शुरू गरिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभएको छ ।
मन्त्री पाैडेलले १५ दिने एचपीभी खोप अभियान सफल बनाउने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी विद्यालय सबैलाई सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्नुभएको छ । त्यस्तै पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न आउँदा वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभएको छ ।
मन्त्री पौडेलले महिलाहरूलाई क्यान्सरबाट जोगाउन मन्त्रालयले शुरुआत गरेको पाठेघरको मुखको परीक्षण अभियानसमेत सफल पार्न सबैमा आग्रह गर्नुभएको छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाको सङ्ख्या उच्च छ । नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।