सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बालेनको जवाफ–‘अमेरिका अल्छीहरुक...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो ।
नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २०औं एशियाली प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुरू गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ ।
मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्न लागेको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले हिजो अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गर्नुभएको छ ।
घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।