सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बालेनको जवाफ–‘अमेरिका अल्छीहरुक...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कार घोषणा गरिएको हो ।
पुरस्कार प्राप्त गर्नेहरूमा टेलिमेडिसिन क्षेत्रतर्फ सिन्धुपाल्चोकका डा. छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ मोरङका डा. विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही गोरखाकी पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ काठमाण्डौका आभाष मास्के र गोरखाका हरिराम श्रेष्ठ हुनुहुन्छ ।
यस्तै चिकित्सा क्षेत्रतर्फ महोत्तरीका डा. ओममूर्ति अनिल, खेलकुदतर्फ लमजुङकी सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ भक्तपुरका रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवातर्फ काठमाण्डौकी दिलशोभा श्रेष्ठ र गोरखाका रामजी अधिकारी पनि पुरस्कृत हुनुहुने भएको छ । विशेष समारोहकाे आयोजना गरी उहाँहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
२०७५ सालको मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड रुपैयाँ थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो । कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।
२०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि पुरस्कार वितरण भएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।