च्याम्पियन्स ट्रफी : उद्घाटन खेलमा पाकिस्तान टस जितेर बलिङ गर्दै

 फागुन ७, २०८१ बुधबार १४:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डसँगको उद्घाटन खेलमा पाकिस्तानले टस जितेको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिले बलिङ रोजेका छन् ।

यो खेलमा पाकिस्तानको टोलीमा कप्तान रिजवानसँगै फखर जमान, बाबर आजम, सउद शकील, सलमान अघा, तय्यव ताहिर, खुश्दील शाह, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र अब्रार अहमद छन् । यस्तै न्युजिल्यान्डको टोलीमा कप्तान मिचेल सान्टनरसँगै डेभोन कन्वे, विल योङ्ग, केन विलियमसन, ड्यारेल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, नाथन स्मिथ, म्याट हेनरी र विलियम ओरोर्के छन् ।

१९ दिनसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता छन् । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । नवौं संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल आउँदो मार्च ९ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया