भोलि हुने उपचुनावको तयारी अन्तिम चरणमा
मंसिर १५, २०८१ शनिबार
विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा लेखेको चर्चित पत्र अमेरिकाको लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर(झण्डै ३३ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । यो पत्र आइन्स्टाइले आफ्नो मृत्यु हुनुभन्दा एक वर्ष पहिले लेखेका थिए ।
लिलाम बजारमा यो पत्रको सुरुवाति मूल्य १५ लाख रुपैयाँ डलर राखिएको थियो । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो, जसले आइन्स्टाइनलाई आफ्नो पुस्तक ‘चूज लाइफ: द बिब्लिकल कल टु रिभोल्ट’ को एक प्रति पठाएका थिए ।
आइन्स्टाइनले पत्रमा लेखेका थिए, ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’ उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’
आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhan bahadur
Dec. 15, 2018, 6:37 p.m.सापेक्षवादको सिद्दान्तलाई प्रतिपादन गर्ने आइन्स्टाइनले भगवान मान्दिन भन्नु नपत्याउने कुरा हो / यो व्रम्हाण्डमा सबथोक एकअर्काको अपेक्षा गर्दछ/पृथ्वी र यो लोकका सबै पदार्थ भगवान सापेक्ष छन् बैज्ञानिकज्यू /