अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट नेतृत्व तथा सुशासन पुरस्कारमार्फत प्राप्त भएको एक लाख अमेरिकी डलरमा सरकारबाट त्यति नै रकम थप गरेर ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज तथा अनुसन्धान र विकासका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई यो पुरस्कार दिइने निर्णय भएको जानकारी दिनुभयो ।
त्यस्तै सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारमा रहेको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा मोरङका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद बैठकले पुथा उत्तरगंगा गाउँपालिका, पूर्वी रुकुमको केन्द्र साविकको कोल गाविसको कार्यालयबाट सारेर तक्सेरामा राख्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले ललितपुरको भैँसेपाटीमा रहेको सैँबु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष,उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा आवास भवन तथा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास परिसरमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठककाे निर्णय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।