वसन्तपुरमा हाेलीकाे राैनक (तस्वीरहरू)
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले अहिले देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ ।
हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । आज पनि बेलुकातिर काठमाण्डौ उपत्यका लगायत आसपासका क्षेत्रमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
यसैबीच, काठमाण्डौलगायत नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि बढेको वायु प्रदूषण पानी पर्दा समेत घटेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाण्डौमा मौसम धुम्मिएको छ ।
हिजो पानी परे पनि आकाश खुल्न सकेको छैन । वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअर इन्डेक्समा आज पनि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये तेस्रोमा परेको छ ।
काठमाण्डौमा बिहान नाै बजे एक्यूआई सूचकांक एक सय ८२ रहेको छ । पहिलोमा भारतकाे नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको सूचकांक दुई सय चार छ । त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर रहेको छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।
वातावरण विभागका अधिकारीहरूका अनुसार ठूलो वर्षा नभइ वा ठूलो हुरी नचलेसम्म वायु प्रदुषण कम हुने देखिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।