नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
ब्राजिलका स्टार स्ट्राइकर नेयमारले चोटका कारण फिफा विश्वकप फुटबल छनोट नखेल्ने भएका छन् । नेयमारले विश्वकप फुटबल २०२६ का लागि यही महिना हुने कोलम्बिया र अर्जेन्टिनासँगको छनोट खेल नखेल्ने भएका हुन् ।
नेयमारले विश्वकप छनोट नखेल्ने भएपछि १८ वर्षीय एन्ड्रिक टोलीमा परेका छन् । एन्ड्रिकले राष्ट्रिय टोलीबाट १३ खेलमा ३ गोल गरेका छन् ।
नेयमार चोटका कारण झन्डै डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेकामा गएको फेब्रुअरीमा क्लब फुटबलमा फर्किएका थिए । ३३ वर्षीय नेयमारले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् । उनी ब्राजिलका अहिलेका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन् ।
ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियासँग र त्यसको पाँच दिनपछि ब्युनस आयर्समा पूर्वविजेता अर्जेन्टिनासँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।