अमेरिकाले दक्षिण अफ्रिकी राजदूतलाई देश निकाला गर्‍याे

 चैत २, २०८१ शनिबार १७:५७:२४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ । दक्षिण अफ्रिकी राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री रुबियोले दक्षिण अफ्रिकाका राजदूतलाई अब अमेरिकामा स्वागत नगर्ने सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । इब्राहिम रसूल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ रहेका उहाँले उल्लेख गर्नुभएको छ ।

दक्षिण अफ्रिकासँगको बढ्दो तनावका बीच अमेरिका राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगेको बीबीसीको खबरमा उल्लेख छ ।

यसअघि फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गर्नुभएको थियो र त्यहाँको कानूनलाई हवाला दिँदै श्वेत किसानहरूको जमिन जफत गर्न सकिने बताउनुभएको थियो । गएको हप्ता ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई आफ्नो देशमा बसोबास गर्न स्वागत छ भनेपछि दुई देशबीच झन् तनाव बढेको थियो ।

यसैबीच दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्ना राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय खेदजनक भएको बताएको छ ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया