बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुंगा– सिद्धिचरण नगरपालिको पर्यटकीयस्थल लगलगेमा भ्यू टावर निर्माण भएपछि अन्तरिक पर्यटकको आगमन बढेको छ ।
नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लामै पहिलो भ्यू टावर निर्माण गरेको हो । टावर निर्माण हुनासाथ पर्यटकहरु टावरबाट देखिने पर्यटकीय स्थल अवलोकनका लागि लगलगे जाने गरेका छन् ।
सिद्धिचरण राजमार्गबाट ४५ मिनेटको उकालो यात्रापछि टावरमा पुग्न सकिन्छ । टावरबाट गौरीशंकर, नुम्बुर, सगरमाथा, ल्होत्सेलगायतका दर्जनौं हिमालका टाकुरा र हिमश्रंखला देखिन्छ । पूर्वमा भोजपुरको टेम्के, साल्पा सिलिचुङसम्म देखिन्छ । मौसम खुलेको बेला दक्षिणमा तराईका भागहरु स्पष्ट देख्न सकिन्छ ।
भू टावरबाट घना जंगलको बीचमा भएकोले हरियाली र चराचुरुंगी समेत देख्न पाइन्छ । टावरको निर्माण सकिए पनि त्यहाँसम्म जाने बाटो भने निर्माण गर्न बाँकी छ । टावर हेर्नकै लागि दैनिक आन्तरिक पर्यटकहरु लगलगे जाने गरेका छन । टावर हेर्न र टावरबाट पर्यटकीयस्थल हेर्न दैनिक जिल्लाभित्र र बाहिरका नागरिक आउने गरेको स्थानीय चन्द्र तामाङले बताउनुभयो ।
रमणीय दृश्य हेर्न पुगेका जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले खुलेको समयमा हिमालदेखि तराइका फाँटसम्म देख्दा आनन्द आउने अनुभव सुनाउनुभयो । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लगलगेका स्थानीयले होमस्टेको सुरुवात गर्ने तयारी समेत गरेका छन् । जाडोमा घाम ताप्न, पिकनिक खान, घुम्न र हाईकिङका लागि उपयुक्त गन्तव्य लगलगे भ्यू टावर हुनसक्ने स्थानीय बासिन्दा बताउँछन् ।
भ्यू टावर सिद्धिचरण नगरपालिकाको २३ लाख बजेटमा निर्माण भएको हो । निर्वाचित भए लगत्तै पहिलो प्रतिबद्धताको रुपमा मेयर मोहनकुमार श्रेष्ठले एक वर्षभित्र भ्यू टावर निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।
‘अब भ्यू टावरका लागि आवश्यक दूरबीनलगायतको व्यवस्था गर्ने तयारीमा छौ', उहाँले भन्नुभयो । समुन्द्री सतहदेखि २ हजार ३ सय ७० मिटरको उचाईमा अवस्थित टावर १० मिटर अग्लो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।