खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
नायक सलिनमान बानियाँ आफ्नो चक्लेटी लुक्सका कारण फ्यान फलोइङमा निकै चर्चित छन् ।
उनलाई नायिका तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर २ मार्फत चलचित्र क्षेत्रमा डेब्यू गराएकी हुन् । यति बेला सलिनमान चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’को डबिङमा व्यस्त छन् ।
रोचक कुरा के छ भने सलिनमानको चलचित्र ‘यात्रा अ म्युजिकल भ्ल्ग’ र झरना थापाको चलचित्र ए मेरो हजुर ३ एकै दिनबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ ।
सलिनको डबिङसँगै चलचित्रको काम अन्तिम चरणमा पुगेको छ । यस चलचित्रमा सलिन भ्लगरको भूमिकामा प्रस्तुत भएको बताइएको छ । चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । निर्देशक सम्राटको यात्रा डेब्यू चलचित्र हो ।
चलचित्रमा निर्देशक सम्राट शाक्यकै कथा रहेको छ । यस चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । चलचित्रमा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व तथा बनिश शाहको सम्पादन रहेको छ ।
चलचित्रमा सलिनमानसँगै, सलोन बस्नेत, जान्हवी बस्नेत, धिरेन शाक्य, राजाराम पौडेल, जयनन्द लामा, देशभक्त खनाल, कमल मैनाली, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रज्वल भट्टराई, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।
यस चलचित्रमा चीनका कलाकार जुन झाङ र केन्याका कलाकार बबीको पनि अभिनय रहेको बताइएको छ ।‘यात्रा अ म्युजिकल भ्लग’ कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो ।
–उज्यालाे र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।