अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण हुन नदिन गम्भीर षड्यन्त्र भैरहेको दावी गरेका छन् ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले फास्ट ट्रयाकको जग्गाको मुआब्जासम्बन्धी समस्या जब्बरजस्त खडा गरिदिएर निर्माण हुन नदिन षड्यन्त्र भइरहेको बताएका हुन् ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले विज्ञहरुसँग सुझाव लिएर फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना र बुङमतीको जग्गाको मुआब्जामा देखिएको असन्तुष्टि तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । १ अर्ब ७० करोड जग्गाको मुआब्जा वितरण भएपछि त्यससम्बन्धी समस्या आउनुको कारणको खोजी गर्न पनि सरकारलाई कांग्रेस सांसद सिंहको आग्रह छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले पनि खोकना र बुङमतीको जग्गाको मुआब्जा सम्बन्धि विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले फास्ट ट्रयाक निर्माण गर्दा स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदानहरुको संरक्षण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फास्ट ट्रयाक निर्माणको लागत बढन जाने देखिएको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गर्नुभयो । उहाँले देशको सन्तुलित विकास गर्न ध्यान दिन पनि सरकारसँग आग्रह गर्नुभयो ।
सांसद सुवालले फास्ट ट्रयाक निर्माणमा खर्चको लागत बढ्न जाने र त्यसले राम्रो परिणाम नदिने दावी पनि गर्नुभयो । नेपाली सेनाले निर्माण कार्य अघि बढाएकोे राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत १ खर्ब १६ अर्ब रहेको छ ।
सांसद सुवालले फास्ट ट्रयाक निर्माणको लागत बढेर २ खर्ब पुग्ने अवस्था देखिएको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।