आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – हालसालै भारतको कोलकाता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएर आएको नाटक ‘उपियाँको निबन्ध’ मण्डला नाटकघर अनामनगरमा मञ्चन भइरहेको छ ।
केदार श्रेष्ठको लेखन, परिकल्पना रहेको नाटक मंसिर २५ बाट मञ्चन भइरहेको हो । यसपटक यस नाटकले ४१ औँ मञ्चनबाट मण्डलामा सुरु भएको नाटक पुस ३ सम्म हरेक दिन १२ बजे र ५ बजे मञ्चन हुनेछ । कोलकाता महोत्सवसँगै राष्ट्रिय बालनाटक महोत्सव, बालनाटक मेला र दुई वर्षअघि थिएटर मलमा नियमित मञ्च गरी ४० पटक मञ्चन भइसकेको हो ।
स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ । नाटकलाई हास्यव्यङ्ग्य शैलीमा तयार पारिएको छ ।
परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतुर्याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतुर्यार्इँपछि शिक्षकको प्रतिक्रिया हो ।
कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ । गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्तुतिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न बाध्य बनाउँछ ।
दिनमा दुई शो भइरहेको नाटक दिउँसोको शोहरु स्कुलले बुकिङ गरिरहेको र बेलुकी ५ अन्य दर्शकको लागि नियमित मञ्चन भइरहेको छ । प्रेरणा विद्याश्रम हरिसिद्धिले थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको सहकार्यमा यस नाटक प्रस्तुत गरेको हो ।
नाटकमा प्रस्तुतकर्ता प्रेरणा विद्याश्रम हरिसिद्धि ललितपुरका विद्यार्थीहरु योगेश महर्जन, निर्देश केसी, आयुश महर्जन, एलेक्स महर्जन, दिया महर्जन, कीर्ति महर्जन, सर्जिला महर्जन, अदिन महर्जन, लुमन्ति महर्जन, जब्बु महर्जन, कृष्णा महर्जन, रोनिक महर्जन र जल्लु लिम्बुले अभिनय गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।