आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां सायम सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ ।
गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुइ वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई धुस्वां सायमि सिर्जना पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको अध्यक्षतामा हालै बसेको बैठकले नेपालभाषा साहित्यको उपन्यास विधामा नयाँ धार र नयाँ चिन्तनयुक्त उपन्यास सिर्जना गरेबापत उपन्यासकार मल्ललाई र नेपालको जनपक्षीय सङ्गीत क्षेत्रमा नेतृत्वदायी योगदान पुर्याएबापत जनगायक रामेशलाई सम्मान गर्ने निर्णय गरेको हो ।
आउँदो माघ १ गतेका दिन उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।