काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
बारा – कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन दिनअघि पक्राउ परेका बाराका दुई जना नेता प्रहरी हिरासतमै आमरण अनसन सुरु गरेका छन् ।
पचरौता नगरपालिका घर भएका नेता प्रभुनाथ पटेल र जलन्धर सिंह मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा आमरण अनसनमा बसेका हुन । प्रहरीले आफूहरुलाई झूटो मुद्दामा फसाउन खोजेकोले त्यसको विरोध गर्दै आमरन अनसन सुरु गरेको सिंह र पटेलले बताएका छन् ।
नगरस्तरीय अस्पताल निर्माण गर्ने स्थानको विषयलाई लिएर गएको कात्तिक ५ गते नगरपालिका अन्तर्गतको बेल्दारी र पचरौता पिपरपाती टोलका स्थानीयबीच झडप हुँदा दुई दर्जन बढी घाइते भएका थिए ।
झडपमा संलग्न रहेको आरोपमा प्रहरीले पटेल र सिंहलाई मंसिर २९ गते पक्राउ गरेको थियो । पक्राउ परेका पटेल कलैयास्थित रामराजा मा.वि. शाह बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुन् भने सिंह गएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट पचरौता नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए ।
यसैबीच प्रहरीले मंगलबार दोश्रो पटक अदालतबाट थप चार दिनको म्याद थप गराई सिंह र पटेलमाथिको अनुसन्धान जारी राखेको छ ।
यसअघि तीन दिनको म्याद थप गरिएकोमा अनुसन्धान बाँकी रहेको कारण देखाई प्रहरीले १० दिनको म्याद थप गर्न माग गरेकोमा चार दिनको म्याद थप गरिएको जिल्ला अदालतका श्रेस्तेदार कोश्लेश्वर ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।