प्रियंका कार्कीका दुई चलचित्र एकैसाथ प्रदर्शन हुने पक्का

 पुष ५, २०७५ बिहीबार १३:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली चलचित्र बजार सानो छ तर त्यही सानो बजारमा चलचित्र निर्माता तथा निर्देशकहरुको होडबाजी चल्ने गरेको छ ।

त्यो होडबाजीले कसैलाई फाइदा पनि पुर्‍याएकाे छ भने कसैलाई नराम्ररी पछारेका उदाहरणहरु प्रशस्तै छन् । शुक्रबार एक मात्र चलचित्र रिलिज हुन सके भाग्यमानी मानिन्छ यहाँ, तर कतिपय उदाहरण यस्ता पनि छन्, एकै मितिमा एउटै अभिनेता अथवा अभिनेत्रीहरुको धेरै चलचित्र पनि प्रदर्शनमा आउने गरेका छन् । त्यसको सिकार भइसकेकी नायिका हुन् प्रियंका कार्की । यसअघि उनी अभिनित दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘कोहलपुर एक्सप्रेस’ एकसाथ प्रदर्शनमा आएका थिए । 

नायक आयुष्मान देशराज जोशीको प्रेममा रमाइरहेकी छिन् नायिका प्रियंका कार्की । पछिल्लो समय उनलाई गुणस्तरमा नभई संख्यात्मक अभिनयमा जोड दिने नायिकाका रुपमा धेरै निर्माता तथा निर्देशकहरुले व्याख्या गर्ने गरेका छन् ।

एकपछि अर्को बेडसिन दिएका कारण पनि उनी यतिबेला चलचित्र उद्योगमा चर्चाको विषय बनिरहेकी छन् । केही समय अगाडि चलचित्र ‘कथा काठमाडौं’ मा दिएको दृश्यका कारण उनी आलोचनाको सिकार पनि बनेकी थिइन् । तर त्यो अलोचनाले उनलाई कुनै फरक भने पारेन । केही दिनअघि मात्र चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भयो । चलचित्रको टिजरमा पनि प्रियंकको बेड सिन देखाइएको छ ।

उनै प्रियंकाले अभिनय गरेका अन्य दुई चलचित्र पुनः एकैसाथ प्रदर्शनमा आउने पक्का भएको छ । पूर्वघोषित मितिमा फेरबदल नभए २०७६ को वैशाख १३ गते उनको मुख्य अभिनय रहेका २ चलचित्र ‘दालभात तरकारी’ र ‘प्रेम दिवस’ एकसाथ प्रदर्शनमा आउने भएका छन् ।  मंगलबार ‘प्रेम दिवस’ निर्माताले ‘दालभात तरकारी’ प्रदर्शन मितिमै चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका हुन् । 

म्युजिकल लभस्टोरी कथामा निर्माण भएको ‘प्रेम दिवस’लाई योगेश घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहेको छ । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, बनिष शाहको सम्पादन रहेको छ  । यस चलचित्रमा प्रियंकाले आफ्ना रियल प्रेमी आयुष्मान देशराज जोशीसँग रोमान्स गरेकी छन् । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया