खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
सारा अली खानको पहिलो फिल्म ‘केदारनाथ’ बक्स अफिसमा हिट भइसकेको छ । यो फिल्मलगत्तै सारा यति बेला उनको दोस्रो फिल्म ‘सिम्बा’ को प्रमोशनमा लागेकी छिन् ।
यसरी एकपछि अर्को फिल्ममा काम गरिरहेकी साराले ‘सिम्बा’ मा काम गर्ने अवसर भने सजिलै पाएकी होइनन् । यस विषयमा सारा स्वयमले खुलासा गरेकी छिन् ।
साराले निर्देशक रोहित शेट्टीलाई लगातार म्यासेज गरेर काम मागेको बताएकी छिन् । पटक पटक म्यासेज गर्दा पनि रोहितले सुरुमा खासै चासो नदेखाएको तर अन्ततः उनलाई भेट्न बोलाएको बताएकी छिन् ।
साराले भनेकी छिन ‘म रोहित शेट्टीको धेरै ठूलो फ्यान हुँ । म चाहन्छु कि यस्तो कुनै विषय नहोस् जहाँ मानिसहरुले भनुन् साराले यस भूमिकामा काम गर्न सक्दिन । म हरेक किसिमको कहानी र विषयबस्तुमा काम गर्न चाहन्छु । मैले आफूलाई कुनै एक सीमित प्लेटफर्ममा बाँधेर राखेकी छैन । रोहित शेट्टी कमर्शियल सिनेमाका किङ्ग हुन भने रणवीर सिंह बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन । यि दुवैसँग काम गर्न पाउनु धेरै ठूलो कुरा हो ।’
सारा अगडि भन्छीन् ‘म आफूलाई भाग्यमानी ठान्छु । म भाग्यकै कारण आज म आफ्नो दोस्रो फिल्म ‘सिम्बा’ का बारेमा यसरी कुरा गरिरहेकी छु । फिल्म ‘केदारनाथ’ को समयमा मैले धेरै उतार चढावहरु देखेकी थिएँ । कसैलाई केही थाहा थिएन अगाडि के हुनेछ भन्ने । त्यही बेला म रोहित सरकहाँ गएर काम मागेँ । म रोहित सरलाई म्यासेजमा ‘सर मलाई काम दिनुहोस, आफ्नो फिल्ममा मलाई राख्नुहोस,’ भनेर लेख्ने गर्थेँ ।
सारा एक दिन एक्लै सेतो रंगको कुर्ता सुरुवाल लगाएर कपाल जुरो बनाएर एकदमै साधारण रुपमा काम माग्न राहित शेट्टीको आफिसमा गएकी थिइन् ।उनले चुपचाप रोहतको अगाडि हात जोडेर काम मागिन् ।
‘म निकै खुशी छु कि मलाई अभिषेक कपूरले ‘केदारनाथ’ मा कास्ट गरे र रोहित सरले मलाई त्यो बेला मौका दिनुभयो जुन बेला पूरा बलिउडमा कसैले मतिर हेरेका समेत थिएनन् । ‘केदारनाथ’को पनि के हुनेछ भन्ने केही टुंगो थिएन ।’
साराले अन्त्यमा भनिन्, ‘म नयाँ थिएँ, आज पनि छु, त्यस समयमा मेरो एउटा मात्रै फिल्म ‘केदारनाथ’ थियो । तर रोहित सरले मलाई भरोसा दिनुभयो र मलाई उहाँको फिल्ममा काम पनि । मानिसहरुलाई यो सब कुरा मैले सजिलैसँग पाएको होला भन्ने लागेको होला । हो सजिलै त पाएँऽ तर अब मलाई रोहित सरका साथै दुनियाँका अगाडि सावित गर्नु पनि छ ।’
अभिनेत्री सारा अली खान र रणवीर सिंहको फिल्म ‘सिम्बा’ यही डिसेम्बर २८ मा प्रदर्शन हुदैछ । रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा सोनू सूद, वृजेश हिरजे, प्रकाश राज र आशुतोष राणाको मुख्य भूमिका रहेको छ । अभिनेता अजय देवगन यस फिल्ममा अतिथिको भूमिकामा देखिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।