चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
अमेरिकी गायिका तथा अभिनेत्री माइली साइरस र अभिनेता लियाम हेम्सवर्थले गुपचुप रुपमा विवाह गरेका छन् ।
फ्र्यान्कलिनको टेनेजीमा रहेको घरमा परिवारजन र नजिकका साथीहरु बोलाएर उनीहरुले गएको आइतबार अर्थात डिसेम्बर २३ मा यो जोडीले विवाह गरेका हुन् । माइली साइरसका एकजना साथीले उनको इन्स्टाग्राम स्टोरीमा माइली र लियामको विवाहका तस्बिरहर सेयर गरेपछि मात्रै विवाहको खबर सार्वजनिक भएको हो ।
तस्बिरमा माइली र लियाम दुलहा दुलहीको लुगामा सजिएर विवाहको केक काटिरहेका देखिन्छन् भने उनीहरुको पृष्ठभूमिलाई बेलुनहरु ले ‘मिस्टर एण्ड मिसेज’ लेखेर सजाइएको छ ।
माइली र लियामको भेट सन् २०१० मा फिल्म ‘द लास्ट संग’ को सेटमा भएको थियो । यस फिल्ममा माइली र लियामले एकअर्काको जोडीको भूिमका निर्वाह गरेका छन् ।
माइली र लियामले भेट भएको २ वर्षमा सन् २०१२ मा इन्गेजमेन्ट गरेका थिए । तर त्यो सम्बन्ध २०१३ मा तोडेका माइली र लियामले सन् २०१६ मा फेरि एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।
अहिले उनीहरुले अचानक गोप्य रुपमा विवाह गरेको खबरले माइली र लियामका फ्यानहरु आश्चर्यमा परेका छन् । यसअघि चर्चित पप गायक जस्टिन बिबरले समेत गोप्य रुपमा विवाह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।