आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुंगा– सरकारले खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) खारेज गरेपछि फन बोर्डको आर्थिक सहयोगमा सञ्चालित ओखलढुंगाका चार आयोजनाका कर्मचारीले तलब पाएका छैनन् ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालित आयोजनामा कार्यरत प्राविधिक र अन्य गरी १२ जना कर्मचारीले तलब नपाएका हुन् । फन बोर्डको आर्थिक सहयोग र स्रोत व्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमरेक) को व्यवस्थापनमा ओखलढुंगामा चार आयोजना सञ्चालन भएका थिए ।
आयोजना तर्फको रकम खर्च भइ आयोजनाको काम सम्पन्न भए पनि कर्मचारीको दुई महिनाको तलब नआएको फन बोर्डका वास अधिकृत उत्तम गिरीले बताउनुभयो । गिरिले आयोजनाको मुख्य काम सकिएको र उपभोक्ताका घरमा लगिने खानेपानीका लाइन जडान तथा धारा निर्माणमा प्राविधिक सहयोगको केही काम बाँकी रहेको जानकारी दिनुभयो ।
फन बोर्डको सहयोगमा मोलुङ गाउँपालिका वडा नं. ४ को हर्कपुर, सुनकोशी गाउँपालिकाको वडा नम्बर १० स्थित कटुञ्जे, मोलुङकै वडा नम्बर २ स्थित ढुस्के र चिसंखुगढीको वडा नं. २ स्थित पोखरेमा एक÷एक गरी चार खानेपानी आयोजना संचालनमा थिए ।
ती आयोजनाबाट ७ सय उपभोक्ता लाभान्वित भएका थिए । आयोजना बनेर ट्यांकीसम्म पानी आए पनि बोर्ड खारेज भएपछि व्यवस्थित रुपमा घरधुरी सम्म वितरण भने हुन सकेको छैन । २० प्रतिशत उपभोक्ताको लगानीमा घरघरै धारा पुर्याउने ती आयोजनाको लक्ष्य थियो । आयोजना ०७५ भदौमा सक्ने सम्झौता भए पनि खानेपानी मन्त्रालय र बोर्डका पदाधिकारीकाबीच विवाद भएपछि मन्त्रालयले ०७५ असार २० गते नै बोर्ड खारेज गर्ने निर्णय गरेको थियो ।
खारेजीपछि ओखलढुंगाका १२ जना कर्मचारीले तलब पाएका छैनन् भने देशभरका ५७ जिल्लामा सयौं आयोजना अलपत्र परेका छन् । ती आयोजनाका कर्मचारीले समेत तलब नपाएपछि आन्दोलन गर्दै आएका छन् ।
आयोजना अलपत्र परेको र कर्मचारीले तलब नपाएको विषयमा फन बोर्डमा कार्यरत एक जना अधिकृत रोशन श्रेष्ठले बोर्ड नै खारेजी भएकाले केही हुन नसक्ने बताउनुभयो । बोर्ड पुनःस्थापना नभएसम्म आयोजना र कर्मचारीको भूक्तानी नहुने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।