सलमान खानका लागि ‘एबीसीडी-३’ फिल्म छोडिन् कट्रिनाले

 पुष १५, २०७५ आइतबार १३:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री कट्रिना केफलाई बलिउड फिल्म उद्योगमा सलमान खानले स्थापित गराएका हुन् ।

एक समयमा सलमान र कट्रिना पे्रम सम्बन्धमा समेत थिए । तर बीचमा अभिनेता सलमान खानलाई छोडेर रणबिर कपूरको प्रेमिका बनेकी कट्रिना रणबिरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किएकी छिन् ।

हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् । 

अहिले सार्बजनिक खबरहरुका अनुसार अभिनेत्री कट्रिना केफले सलमान खानका लागि यसअघि साइन गरिसकेको फिल्म ‘एबिसीडी ३’ बाट हात झिेकेकी छिन् ।

चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको डान्समा आधारित फिल्म ‘एबिसीडी’को तेस्रो संस्करणमा अभिनेता बरुण धवन मुख्य भूमिकामा हुनेछन् ।
यस फिल्ममा बरुणका साथमा कट्रिनाको समेत प्रमुख भूमिका रहने बताइए पनि यस फिल्मबाट कट्रिना केफ अचानक बाहिरिएपछि यो चर्चाको विषय बनेको छ । 

कट्रिना केफले रेमो डिसुजाको फिल्म ‘एबिसीडी ३’ सलमान खानको ‘भारत’ का लागि छोडेकी हुन् । फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त भएका कारण कट्रिनाले यो निर्णय लिएको बताइएको छ । 

कट्रिनाले आफू यस फिल्मलाई समय दिन नसक्ने भन्दै फिल्मबाट बाहिरिने निर्णय लिँदै ‘एबीसीडी ३’ को सफलताको शुभकामना दिएकी छिन् । 

धरुण धवनको मुख्य भूमिका रहने फिल्म ‘एबीसीडी ३’ मा भारतका चर्चित कोरियोग्राफर प्रभु देवा, डान्सर धर्मेश, राघव जुयाल र पुनीत पाठक पनि मुख्य भूमिकामा देखिनेछन । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया