खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउडका दिग्गज चरित्र अभिनेता तथा डायलग लेखक कादर खान यस संसारबाट बिदा भएर गइसकेका छन् । अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडाको एक अस्पतालमा डिसेम्बर ३१, २०१८ मा निधन भएको हो ।
नयाँ वर्ष २०१९ को पहिलो दिनमै उनको निधनको खबरले बलिउड तथा उनका संसारभरका प्रशंसकहरु दुःखी भएका छन् । कादर खानको निधनप्रति यतिबेला सामाजिक सञ्जालमा उनको मृत्युको दुःख व्यक्त गरिरहेका छन् भने अभिनेता अमिताभ बच्चनले ट्वीटर अकाउन्ट मार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
T 3045 - Kadar Khan passes away .. sad depressing news .. my prayers and condolences .. a brilliant stage artist a most compassionate and accomplished talent on film .. a writer of eminence ; in most of my very successful films .. a delightful company .. and a mathematician !! pic.twitter.com/l7pdv0Wdu1
— Amitabh Bachchan (@SrBachchan) January 1, 2019
बलिउडका मेगास्टार अमिताभ बच्चनलाई बलिउडमा सफलताको शिखरमा पु¥याउनमा कादर खानको महत्वपूर्ण भूमिका रहेको छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।
७० को दशकमा जब अमिताभ बच्चन बलिउडमा आफ्नो करियर बनाउने प्रयास गरिरहेका थिए त्यस बेला उनलाई कादर खानले साथ दिएका थिए । बलिउडमा संघर्षरत अभिताभ बच्चनलाई कादर खानले ‘एंग्री योङ्ग म्यान’ बनाइदिएका थिए ।
त्यो समय यस्तो थियो जुन बेला कादर खानले जे लेख्दथे त्यो फिल्मको पर्दामा सुपरहिट हुने गर्दथ्यो ।
त्यस समयमा निर्देशक मानमोहन देशाई र प्रकाश मेहराले कादर खानलाई डायलग लेखनका लागि फिल्म उद्योगमा आउनका लागि मनाएका थिए । कादर खानले ‘अमर अकबर एन्थोनी’, ‘मुकद्दरका सिकन्दर’, ‘लावारिस’, ‘कालिया’, ‘नसिब’, ‘कूली’ जस्ता फिल्मको डायलग लेखेका थिए ।
यिनै फिल्मका दमदार डायलगका कारण अमिताभ बच्चन बलिउडमा एंग्री योङ्ग म्यानका रुपमा अमीट छाप छोड्न सफल भए ।
यसका बावजुद एक पटक कादर खानले भनेका थिए, ‘म मान्दछु कि अमिताभ बच्चन सबैभन्दा २ कदम अगाडि छन् । तर २ वटा कुरामा उनी दिलिप कुमारभन्दा पछि नै छन् । मैले अमिताभलाई भनेको थिएँ कि यदि तिमी एक उत्कृष्ट कलाकार बन्न चाहन्छौ भने दिलिप कुमारले झैं रुन र हाँस्न सिक्नु पर्छ । मर्दका लागि रुन र हाँस्नु २ उत्कष्ट चिज हुन् । यदी यि दुई कुरा सही ढंगले गरिएन भने न मर्द रुँदै गरेको राम्रो देखिन्छ, न त हाँस्दै गरेको नै ।’
कादर खानको यही भनाइले गर्दा अमिताभ बच्चनले दिलीप कुमारको स्टाइललाई हेर्दाहेर्दै यी दुबै कलामा पनि अब्बल सावित भए । अमिताभसँग बुलन्द आवाज थियो, हेर्नमा पनि सुन्दर थिए र लामो कद थियो । उनी नृत्यमा पनि राम्रै थिए र फाइट पनि गर्थे तर उनलाई रुन र हाँस्न भने समस्या हुने गर्दथ्यो ।
तर उनले हाँस्ने र रुने कला पनि दिलीप कुमारबाट धेरै मात्रामा सिके ।
कादर खानले भनेका थिए, ‘मैले उनलाई दिलीप कुमारबाट हाँस्ने र रुने कला सिक्न बाध्य बनाएको थिएँ ।
त्यसपछि अमिताभ बच्चनले रुने र हाँस्ने कलामा अब्बल मात्रै नभई समय अनुसार चल्न सक्ने कलाका कारण बलिउडमा लामो समयसम्म सफलताको शिखरमा रहिरहन सफल छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।