काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्त...
मंसिर १०, २०८१ सोमबार
नेपालमा रिलिज भएको लगभग ६ महिना पछि छक्का पञ्जा ३ क्यानडामा रिलिज हुँदैछ । यो चलचित्र व्यवसायिक हिसाबले नेपाली चलचित्र बजारमा अहिलेसम्मकै सफल चलचित्र हो । क्यानडा प्रदर्शनको जिम्मा नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले लिएको छ ।
रेडियो अडियो छक्का पञ्जा ३ को एक्सक्ल्युसिभ मिडिया पार्टनर पनि हो । क्यानडामा छक्का पञ्जा ३ प्रदर्शन को तयारीका बारेमा हामीले छक्का पञ्जा ३ का कलाकार समेत रहेका रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीसँग कुराकानी गरेका छौँ ।
ढिलो भएको होइन समय कुरेको हो । खासमा यतिबेला क्यानडामा अत्याधिक चिसो छ । यो बेलामा सिनेमा चलाउँदा दर्शकलाई अलि प्रभाव पर्ने देखिएकोले हामी पछि सरेका हौं । उतातिरकै साथीहरुको सल्लाहमा हामीले मार्च महिनाको मिति तोकेका हौँ । चलचित्र ढिला प्रदर्शन गर्नुको मुख्य कारण भनेको मौसम हो ।
क्यानडाका शहरहरुमा ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ छक्का पञ्जा ३’ भन्ने हाम्रो नारा नै छ । टोरन्टो, कैलगरी र एडमन्टनमा लगभग पक्का नै भैसक्यो । अन्य शहरका लागि हामीले स्थानिय पार्टनरसँग कुरा गरिरहेका छौँ । मुख्य कुरा क्यानडाबासि सबै नेपालीमाझ छक्का पञ्जा ३ पुगोस् भन्ने नै छ । त्यसैले सबै शहरहरुमा चलचित्र लगाउने तयारी गरिरहेका छौँ ।
यसका बारेमा अहिले ठ्याक्कै यही भन्न सकिँदैन किनभने अमेरिकामा छक्का पञ्जा ३ एक महिनासम्म लगातार हाउस फुल भयो । जापान र अष्ट्रेलियामा उच्च व्यवसायिक सफलता हाँसिल गर्यो । दुबई, हङकङलगायतका देशमा जहाँ चल्यो त्यहाँ ब्लकबस्टर भयो । हामी त क्यानडामा पनि यस्तै होस् भन्ने चाहान्छौँ।
सिनेमा र दर्शकसँग ढुक्क नभएको भए हामीले क्यानडामा सिनेमा लाने तयारी नै गर्दैनथ्यौँ । तपाईलाई थाहा छ, रेडियो अडियोले विदेशमा सिनेमा वितरणको शुरुवात नै क्यानडाबाट गर्दैछ । दर्शकको मागलाई मध्यनजर गरेर चलचित्र प्रदर्शन गर्न लागेका हौँ । त्यसैले क्यानडाका दर्शकले पनि चलचित्रलाई साथ दिनेमा हामी विश्वस्त छौँ ।
चलचित्रमा उठान गरिएको विषयवस्तुले दर्शकको मन जित्न सफल भएको छ । विभिन्न देशहरुमा विभिन्न रेकर्ड राख्न सफल भएको चलचित्रले क्यानडामा नराख्ला भन्न सकिन्छ र ?
पहिलो कुरा सिनेमा वितरणमा यो हाम्रो पहिलो प्रयास हो । त्यसैले हामी घाटाको व्यापार गर्दैनौं । यसको मतलब पैसाकै लागि हामीले क्यानडा राजेको पनि हैन तर एउटा कुराचाहिँ पक्का के हो भने अन्यत्र जस्तै क्यानडामा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक हुनुहुन्छ ।
तर अधकांश सिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शक भन्दा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोज्यौँ । क्यानडा पछि रेडियो अडियोले छक्का पञ्जा ३ लाई म्यान्मार लैजाँदै छ । क्यानडा को क्यालगरी मा रहेको चर्चित रेडियो रेड एपmएमका साथै क्यानडामा रहेका विभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघ संस्था मिलेर सिनेमाको प्रदर्शन गर्दैछौं । भन्नाले सिनेमा प्रदर्शन पछि आउने आम्दानी हामीले मात्रै लिएर आउँदैनौं । स्थानीय संघ संस्थाका लागि कोष वृद्धिको पनि सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।
रेडियो अडियोले नेपालमा एक किसिमको छाप बसाइसकेको छ । काठमाडौंमा मात्र नभएर देशैभरी हाम्राकार्यक्रमहरु प्रसारण भइरहेका छन् । त्यसैले पनि यसै समयमा हामीले फड्को मार्नु उचित ठानेका हौँ । त्यसमा पनि छक्का पञ्जा ३ सँग हाम्रो एक किसिमको सम्बन्ध त छँदै नै छ । हामी यसलाई व्यवसायिक हिसाबले नै अघि बढाउने छौँ ।
हो , अब हामीले नगरे कसले गर्ने ? एउटा सिनेमा विदेशमा प्रदर्शन हुँदा निर्माता र प्रदर्शकले मात्रै पैसा कमायो भन्ने हैन । एउटा नेपाली सिनेमा विदेशमा प्रदर्शन हुँदा, हाम्रो भाषा पुग्छ, नेपाली समाज र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा पुग्छ । गीत संगीतले नयाँबजार पाउँछ ।
यी सबै कुरा ख्याल गरेर हामीले यसको सुरुवात गरेका छौँ । र अब संसारैभरी नेपाली नपुगको ठाउँ छैन । हेर्दै जानुस् एक दिन यस्तो समय आउँ, जसरी भारतीय सिनेमा संसारभर एकैसाथ रिलिजभए जस्तै नेपाली सिनेमाको बजार पनि सम्भव छ ।
हामी यही अभियानमा छौं र समाजलाई भ्रममा नपार्ने, गहन विषय वस्तुको उठान गरेका, व्यवसायिक हिसाबले घरेलु बजारमा सफल मानिएका नेपाली जुनसुकै चलचित्र भए आगामी दिनमा व्यवसायिक हिसाबले नै काम अगाडि बढाउने सोच बनाएका छौँ । त्यसै अन्तर्गत अहिले बनिरहेका केही प्रतिक्षित चलचित्रसँग पनि कुराकानी भइरहेको छ ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।