अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – राष्ट्रिय जनता पार्टीका सांसदहरुले तराई मधेस थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबारको बैठकमा समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले ७५ जनाको ज्यान जानेगरी भएको तराई मधेस थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो ।
पूर्व न्यायाधीश गिरिशचन्द्रलाल संयोजकत्वको जाँचबुझ आयोगले २०७४ मंसिर २९ गते नै प्रतिवेदन तयार गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले प्रतिवेदनबारे अनभिज्ञता जाहेर गर्न नमिल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको प्रधानमन्त्रीले मैले प्राप्त गरेको छैन भन्दा योभन्दा हास्यास्पद अरु के होला ? के प्रधानमन्त्री कार्यालय फेरिइसकेको छ ? प्रधानमन्त्री कार्यालयका कागजहरु दहन हुन्छ एउटा प्रधानमन्त्री गइसकेपछि ?’
प्रधानमन्त्री फेरिने तर पद नफेरिने भन्दै उहाँले आफूलाई जानकारी छैन भन्नुले प्रधानमन्त्री प्रतिवेदनप्रति गम्भीर नबनेको स्पष्ट भएको दाबी गर्नुभयो । उहाँले प्रतिवेदन सार्वजनिक भएन भने आफूहरु संसद अवरोध गर्न बाध्य हुने भन्दै तत्काल सार्ववजनिक गर्न सभामुखमार्फत सरकारलाई निर्देशन जारी गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कर्णले उठाएको सवालमा सभामुख महराले पनि सरकारको विशेष ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।