डाक्टर केसी आज ५ बजेदेखि इलाममा अनसन बस्ने

 पुष २५, २०७५ बुधबार १४:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले आजैबाट अनसन बस्ने जानकारी दिनुभएको छ ।

आफूसँग भएको सहमति विपरीत संसदीय समितिले विधेयक पास गरेको भन्दै डा. गोविन्द केसीले आजदेखि अनिश्चितकालीन अनसन सुरु गर्नुहुने भएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले कालो धनलाई सेतो बनाउनका लागि बहुमतको आडमा पेलेर विधेयक पारित गराउने काम भएको बताउनुभयो ।

आफूसँग भएको सहमतिलाई तोडमोड गरी ल्याइएको विधेयकले नागरिकको पक्षमा काम नगर्ने भन्दै उहाँले आज बेलुकी ५ बजेदेखि माग पूरा नभएसम्म इलाममा अनसन बस्न लागेकाे बताउनुभयो ।

सिंहदरबारमा आज बसेको समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बहुमतले पारित गरेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले डाक्टर गोविन्द केसीसँग गरिएको सहमति विपरीतका बुँदाहरु पनि समावेश गरिएको भन्दै विधेयकमा फरक मत राखेका थिए । विधेयकमा यसअघि सम्बन्धन लिएका मेडिकल कलेजहरु खारेज नहुने व्यवस्था राखिएकोमा काँग्रेस सांसदहरुको आपत्ति जनाएका हुन् । 

बैठकमा समितिका सदस्य एवम् कांग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक डाक्टर गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित भएको दाबी गर्नुभयो । उहाँले विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया