यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाडाैं - नेपाल–फ्रान्स विदेश नीतिका विषयमा विस्तृत सचिवस्तरीय छलफल सम्पन्न भएकाे छ ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित दुई मुलुकबीचको विदेश सचिव स्तरीय परामर्श बैठकमा विदेश नीतिको समीक्षा गरिएको हो । बैठकमा नेपालको तर्फबाट परराष्ट्रसचिव शंकर दास वैरागी र फ्रान्सको तर्फबाट विदेश सचिव मोरिस गर्दो मोन्तान सहभागी हुनुभएको थियो ।
बैठकमा दुई मुलुकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विषयमा छलफल गरिएको परराष्ट्र सचिव वैरागीले जानकारी दिनुभयो । बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले फ्रान्सले नेपालको पर्यटन र सांस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।
फ्रान्सका विदेश सचिव मोन्तानले दुई मुलुकबीचको साझा हितको विविध विषयमा खुला छलफल गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न आफ्नो मुलुक इच्छुक रहेको पनि जानकारी दिनुभयो ।
बैठकमा नेपाली पक्षले नेपालको पर्यटन, उर्जा, व्यापार, सूचना तथा प्रविधि, जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न फ्रान्ससँग आग्रह गरेको थियो । यसअघि परराष्ट्र सचिव वैरागीले गएको कार्तिक २६ गते दुई मुलुकबीचको सम्बन्ध विस्तारका विषयमा पेरिसमा समकक्षी मोन्तानसँग छलफल गर्नु भएको थियो ।
दुई मुलुकबीच कुटनीतिक सम्बन्ध ७० वर्ष पूरा गरेको अवसर पारेर विदेश सचिव स्तरीय परामर्श बैठक काठमाडौंमा बोलाइएको हो । त्यस अवसरमा फ्रान्सका विदेश सचिव मोन्तानले नेपालले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको प्रशंसासमेत गर्नु भएको थियो ।
यसै अवसरमा मोन्तानले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पनि शिष्टाचार भेट गर्नुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।