अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडाैं – सहायक रथी यामप्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएकाे छ । गएको एक वर्षदेखि सहायक रथी गोकुल भण्डारी नेपाली सेनाको प्रवक्ताको रुपमा रहि आउनुभएको थियो ।
सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी श्री ढकाललाई कार्यभार हस्तान्तरण गर्नु भएको हो ।
जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सबै सञ्चारमाध्यम, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी भण्डारीले आभार प्रकट गर्नुभएको छ ।
सूचना अधिकारी तथा सैनिक प्रवक्ताको कार्यकाल सफलतापूर्वक सम्पन गरी आफ्नो कार्यभार नवनियुक्त सैनिक प्रवक्तालाई हस्तान्तरण पश्चात उहाँ नेपाली सेनाको अत्यन्त महत्वपूर्ण तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधिकृतको रुपमा जाँदै हुनुहुन्छ । सुरुमा सेवामा प्रवेश गर्दाको पहिलो ठाउँमा त्यहाँको प्रमुख भएर आफू जान पाउँदा एकदमै खुसी भएको भण्डारीले बताउनुभयो ।
सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।