खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाैं - ‘जुन त लाग्यो ताराले‘ भन्ने गीतकाे कभर गाएर चर्चामा आएकी बाल गायिका आयुष्का खनियाकाे नयाँ गीत रेकर्ड भइरहेको छ ।
। उनले गायक अलमोडा राना उप्रेतीसँग मिलेर त्यो कभर गीत गाएकी थिइन् ।
उनै १३ वर्षीया गायिकाको स्वरमा यतिबेला रेकर्ड भइरहेको राष्ट्रिय भावनाले ओतप्रोत भएको‘ मेरो धर्म नेपाली, मेरो जात नेपाली’ बोलको गीतलाई डाक्टर कृष्णहरि बरालले लेखेका हुन् ।
यस गीतमा संगीत भने संगीतकार गैरे सुरेशले प्रदान गरेका छन् ।
आयुष्का अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन् । जहाँ रहे पनि नेपाल र नेपालीको माया उस्तै रहन्छ भन्ने सन्देशका साथ गीत तयार गरिएको डा. बरालले बताउनुभयो ।
‘आयुष्काले नेपाली भाषा त्यति राम्रोसग बोल्न जान्दिनन्, त्यसैले उनलाई सहज हुने गरी गीत तयार गरिरहेका छौं,’ संगीतकार गैरे सुरेशको भनाइ थियो ।
अष्ट्रेलियामा बसोबास गर्दै आएकी गायिका आयुष्का यतिबेला छुट्टीमा नेपाल आएकी छिन् ।
छुट्टीको अवसर पारेर उनले गीत रेर्कड गराइरहेकी छिन् । गीतको म्युजिक भिडियो बनाउने तयारी पनि भइरहेको बताइएको छ ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।