खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले लामो समयको प्रेम सम्बन्धपछि २०१८ को नोभेम्बरमा विवाह गरे । विवाह गरेर गृहस्थी जीवन सुरुवात गरिरहेको यो जोडी बलिउड फिल्म उद्योगकै सर्वाधिक चर्चित जोडी हो ।
यसैबीच विवाहको २ महिनापछि अभिनेता रणवीर सिंहले श्रीमती दीपिकाले आफूमाथि तीन कुराहरुमा प्रतिबन्ध लगाएको खुलासा गरेका छन् । रणवीर सिंहले फिल्मफेयरसँगको कुराकानीका क्रममा विवाहपछि तीन कुरा कुनै पनि हालतमा गर्न नसक्ने बताएका छन् ।
उनले गर्न नहुने भनिएको तीनमध्ये ‘पहिलो अबेर राति घरभन्दा बाहिर रहने, दोस्रो खाना नखाई बाहिर निस्कने र तेस्रो दीपिकाले गरेको फोन कल मिस गर्ने,’ हुन् । रणवीरले अरु काम बिर्सिए पनि यि तीन कुरा भने सधैं अनिवार्य याद राख्नु पर्ने बताएका छन् ।
यस अनुसार दीपिकाले आफूसँग विवाहपछि रणवीर सिंह समयमै घर फर्कनु पर्ने, परिवारका साथमा खाना खाएर मात्रै बाहिर निस्कने र दीपिकाले फोन गर्दा त्यो फोन रिसिभ गर्नु पर्ने नियम बनाएकी छिन् । रणवीरले कुराकानीकै क्रममा आफू उत्कृष्ट श्रीमान बन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । अभिनेता रणवीर सिंह उनकी श्रीमती दीपिकालाई कुन हदसम्म माया गर्छन् भन्ने यस कुराबाट प्रष्ट हुन्छ ।
रणवीर सिंह यतिबेला उनी अभिनित फिल्म ‘गली ब्वाय’ को प्रमोशनमा व्यस्त छन् । यस फिल्ममा उनको जोडीको रुपमा आलिया भट्टको पनि मुख्य भूमिका रहेको छ । साथै उनी अभिनित फिल्म ‘सिम्बा’ रिलिज भइरहेको छ । यो फिल्मले प्रदर्शनको तेस्रो हप्ता सम्ममा २२७ करोडको व्यापार गर्दै सुपरहिट साबित भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।