फ्राइडे रिलिजः आजबाट आरोप, अनागत र बैना प्रदर्शनमा

 माघ ११, २०७५ शुक्रबार १२:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत यो साता ३ चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका ३ चलचित्रहरु हुन् आरोप, अनागत र बैना । 

चलचित्र आरोपलाई निर्देशक अमर ओलीले निर्देशन गरेको चलचित्र हो आरोप । उनले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । चलचित्र दिलासा क्रियसनको ब्यानरमा निर्माण भएको हो । 

चलचित्रलाई दिनेश राउत र बिजय पाठकले निर्माण गरेका हुन् । चलचित्र आरोपमा सञ्चिता लुइँटेल, किसोर खतिवडा, रश्मि भट्ट, सुशिल पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रमा राईको नृत्य, सानुकुमार महर्जनको द्धन्द, गणेश चौधरी र एस के अधिकारीको संगीत रहेको छ । विरेन्द्र भट्टको छायांकन रहेको चलचित्र आरोपको सम्पादन साहिल खानले गरेका हुन् । 

अनागत

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनागत । चलचित्र अनागतको निर्देशन साम्तेन भुटियाले गरेका हुन् । यो चलचित्रको छायांकन करिब ३ वर्ष अगाडि नै गरिएको थियो, तर चलचित्र प्रदर्शन भने आजबाट मात्र भएको छ । 

चलचित्र अनागतमा पारिवारिक कथा समेटिएको छ । परिवारप्रति उत्पन्न शंकाका कारण आइपर्ने समस्याहरुलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ । 
चलचित्रमाअभिनेताअर्पण थापा र अभिनेत्री प्रियंका कार्की श्रीमान श्रीमतीका रुपमा प्रस्तुत भएका छन् । 

चलचित्रमा प्रियंका र अर्पणबाहेक रोसिन सुवेदी, प्रविण खतिवडालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको कथा चन्द्रकुमार झा ले लेखेका हुन् । चलचित्रमा प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा रहेको छ भने चलचित्रको छायांकन सिजन बानियाँले गरेका हुन् ।

बैना

आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बैना  । यो चलचित्रको निर्देशन दिलप्रकास याक्सोले गरेका हुन् ।  चलचित्र पे्रम कथामा आधारित छ ।

हिमाली लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई हिमाली लिङ्देन,राजु लिङ्देन, धनबहादुर याक्सो र बिना पालुङवाले संयुक्त रुपमा निर्माण गरेकाहुन् ।

यो चलचित्रमा विकास चौधरीको संगीत, विजय केरुङको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रको सम्पादन तारा थापा किम्भेले गरेका हुन् । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया