हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा ...
माघ १७, २०८१ बिहिबार
बारा – दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । सेनाको हेलिकप्टरमार्फत उहाँलाई केहीबेर अघि काठमाण्डौको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
यसअघि उहाँको बीरगञ्जमा उपचार भइरहेको थियो । उहाँको टाउकोमा गहिरो चोट लागेकाले थप उपचारका लागि काठमाण्डौ लागिएको हो ।
बनभोजबाट फर्किने क्रममा शनिबार जीप दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको ज्यान गएको थियो भने प्रमुख जिल्ला अधिकारी भट्टराईसहित चारजना घाइते भएका थिए । अरु घाइतेको वीरगञ्जकै हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।