लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ...
मंसिर ७, २०८१ शुक्रबार
मोरङ – सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सोमबार बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।
तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिनुभयो ।
दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् । दुर्घटना लगत्तै विराटचोक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरेका छन् ।
स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथिसमेत ढुंगा प्रहार गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।