कंगनाको फिल्म ‘मणिकणर्णिका’ तेस्रो दिनमै ४० करोडभन्दा बढीकाे व्यापार गर्न सफल

 माघ १४, २०७५ सोमबार १२:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ जनवरी २५ मा प्रदर्शन भएसँगै दर्शक तथा फिल्म समीक्षकले प्रशंसा गरिरहेका छन् । 

चारैतिर कंगनाको अभिनयको चर्चा तथा वाहवाही भइरहेको छ । यससँगै यस फिल्मले पहिलो दिनमै १३ देखि १५ करोडको व्यापार गर्न सक्ने अनुमान लगाइएको थियो । तर यथार्थमा त्यसको ठिक उल्टो भयो । प्रदर्शनको पहिलो दिनमा ‘मणिकर्णिका’ ले जम्मा ८ करोड ७५ लाखको मात्र  व्यापार गर्‍यो ।

 

तर ‘मणिकर्णिका’ ले प्रदर्शनको दोस्रो र तेस्रो दिन भने पहिलो दिनको तुलनामा दोब्बरभन्दा बढी ब्यापार गरेको छ । यस फिल्मले दोस्रो दिन शनिबार १८.१० करोड कमाएको छ भने तेस्रो दिन १५.७० करोडको ब्यापार गरेको छ । 

यस अनुसार फिल्म ‘मणिकर्णिका’ ले तेस्रो दिनसम्ममा ४२.५५ करोडको व्यापार गरिसकेको बुझिन्छ । 

फिल्म ‘मणिकर्णिका’ को कहानी झाँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित छ । 

फिल्ममा अभिनेत्री कंगना रनौतले रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको निर्देशन स्वयं कंगना रनौत र क्रिशले गरेका हुन् । फिल्ममा कंगना रनौतसँगै अंकिता लोखण्डे, कुलभूषण खरबन्दा, डेनी डेन्जोगंपा, जिस्सूसेन गुप्ता लगायतको भूमिका रहेको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया